नियम ४९
अन्तर्राष्ट्रिय संघ, संस्थामा सेवा गर्न बिदा दिन सकिने
(१) अन्तर्राष्ट्रिय संघ, संस्थामा सेवा गर्न ईच्छुक कर्मचारीले सो कुराको पूर्व जानकारी समितिलाई दिई अन्य सम्बन्धित कारबाही प्रारम्भ गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको पूर्व जानकारी दिएका कर्मचारीले बिदा लिई अन्तराष्ट्रिय संघ, संस्थामा सेवा गर्न जान निवेदन दिएमा समितिले नियम ४७ बमोजिम निजले पाउन सक्ने असाधारण बिदाबाट कट्टा हुने गरी पछि व्यवस्थापिका–संसद सेवामा फर्कि आउने अनुसूची–९ बमोजिमको ढाँचामा कबुलियत गराइ निजलाई त्यस्तो सेवा गर्न जानको लागि अनुमति दिनेछ । तर कुनै कर्मचारीले यस्तो बिदा समाप्त भएपछि पनि सेवा गर्न नआएमा त्यस्तो कर्मचारीलाई कबुलियत बमोजिम विभागीय कारबाही गरिनेछ ।